अब राजनीतिको नेतृत्व महिलाले गर्नुपर्छ -डा.आरजु

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १०, २०७३

सरगम राना,
धादिङबेसी मंसिर १० । नेपाली काँग्रेस महिला नेतृ तथा डाक्टर आरजु राण देउवाले अहिलेको नेपाली परिवेषमा महिलाले राजनीतिको नेतृत्व गर्नुपर्ने बताउनु भएको छ ।

एक्सन नेपाल धादिङको ९ औँ वार्षिक साधारणसभा शुक्रबार धादिङबेशीमा उद्घाटन गर्दै राणाले महिला अधिकार र शुसासनको लागि महिला राजनीतिमा सकृय हुनु पर्ने बताउनु भएको हो ।

उहाँले हिजोको दिनहरुमा महिलाले घर धन्दामा मात्र सीमीत हुन परेकाले महिलाले दःुख भोग्नुपरेको कथामा मात्र महिला आन्दोलनलाई नजोडि समाज विकासमा महिलाको अग्रणी भुमिकाको लागि राजनीतिमा लाग्न अपरिहार्य भएको बताउनु भयो । अब महिलाले देश चलाउनु पर्ने सेरोमोनियल पदमा हैन महिलालाई मायाँ दया गरेर भुमिका विहिन पदमा आसिन गराउने परम्परा तोड्नु पर्ने समेत राणाले बताउनु भएको थियो ।

एक्सन नेपालका अधक्ष्य भिम प्रशाद ढुङगानाको सभापतीत्वमा धादिङबेसी स्थित कवर्डहलमा सम्पन्न वार्षिक उत्सवमा माननीय साँसद मीन विश्वकर्मा साँसद दिलमान पाख्रीनको विषेश आतीथ्यता रहेको थियो । साथै विभिन्न पाटीका प्रतिनिधि प्रहरी संघसंस्थाका प्रतीनीधी शिक्षक प्रतिनिधि, आमा समुह बालक्लब लगायत ४६ गाविस १ नगर पालीका गरी ३ हजार भन्दा बढीको उपस्थिति रहेको थियो ।

एक्सन नेपाल धादिङले धादिङका ४६ गाविसमा सिप विकास सम्बन्धी जिविको पार्जन, पुननिमार्ण, सडकबाटो, झोलुङ्गेपुल, पशुपालन, शुसासन सामाजिक समावेशी अभियान, स्वास्थ्य बाल मातृत्व, महिला शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।