मन्त्री अर्जुन नरसिंह केसी धादिङ आउँदै

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १०, २०७३

धादिङ मंसिर १० । जिल्ला वन कार्यालय धादिङको नव निर्मित भवन उद्घाटन गर्न आज सहरी विकास मन्त्री अर्जुन नरसुंह के.सी. आज धादिङ आउनु हुने भएको छ ।

पुननिर्माण प्राधिकरण कोष अन्तरगत एशियाली विकास बैंकको ऋण सहयोगमा Earthquake Emergency assistance project (EEAP) मार्फत धादिङ जिल्लामा पुनर्निर्माण हुन लागेको भुकम्पबाट पूर्ण क्षेतिग्रस्त सरकारी भवनहरु मध्य जिल्ला वन कार्यालय धादिङको भवन शिलन्यास गर्न मन्त्री केसी आज धादिङ आउन लाग्नु भएको छ ।

जिल्ला वनकार्यालयको भवन ११ बजे सिलन्यास गरि मन्त्री केसीले आजै दिनको १ः३० बजे गजुरी नगर विकास समितिकोे कार्यालयमा सहरी विकास योजना सम्बन्धी विशेष अन्तरक्रियामा सहभागि हुने कार्यक्रम रहेको बताईएको छ ।

नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री केसी केहिबेर नेपाली काँग्रेस पार्टी कार्यालयमा कार्यकर्ता सँग छलफल गर्ने र सरकारको विषयमा जानकारी गराउने समेत छन् ।