सम्माननिय प्रधानमन्त्री ज्यु लाल सलाम,
प्रधानमन्त्री ज्यु हिजो यहि संसदीय व्यवस्थाको बिरुद्ध जनयुद्धको नेतृत्व गर्नु भो । तपाईंलाई बिश्वास गरेर हजारौंले बलिदान गरे । आज यहि संसदीय व्यवस्थामा घाँटी जोडेर रमाउदै अझ उल्टै सांसदको तलब भत्ता र सुबिधा बढाउन लाज लगेन तपाईंलाई ? किन गरेका थियौं जनयुद्ध ? र केका लागि गरेका थियौ जनयुद्ध ?
के यहि सिमित वर्गको लागि यैस आरामको जिन्दगी बिताउनको लागि मात्रै १३ हजार नेपाली आमाको छोराछोरीले जनयुद्धमा बलिदान त्यतिकै हाराहारीमा भएका व्यपत्ता गरेको हो ?? प्रधानमन्त्री ज्यु म तपाईंलाई सम्मान गर्छु तपाईंको बोल्ड डिसिजनले नै नेपालको राजनीति आज यहाँ सम्म आइपुगेको छ यसमा दुइ मत छैन । हामी जनमुक्ति सेनाहरु तत्कालीन परिवेशमा तपाईंले झुटनै बोले पनि तपाईंको बिश्वास गर्थ्यौ र वर्ग दुश्मनको विरुद्ध लड्न अधि बढ्थ्यौँ ।
प्रधानमन्त्री ज्यु, हामीलाई मृत्यु देखि डर थिएन जहाँ ३ करोड जनताको मुक्ती थियो । तर आज तपाईंले त्यो सपनाहरू चक्नाचुर पार्नु भयो, जहाँ तपाईं संसदीय व्यवस्था फस्नु भयो र जुन व्यवस्थाको विरुद्ध जनयुद्धको नेतृत्व गर्नु भएको थियो । आज त्यही व्यवस्थालाई पुणता दिदैँ तलब भत्ता सुबिधा भढाएर तीन करोड नेपाली जनताको पेटमा लात हान्ने काम भयो । के यो देशको नागरिक ६०१ जना सांसदहरू मात्रै हो ?
अपमान जनक ढंगले अयोग्यको फुलि भिराएर भुमिका विहिन बनाई लखेटिएका पूर्व जनमुक्ति सेनाको विषयमा खै के गर्नु भयो । नेपालका आशा लाग्दा नेताहरुको दर्जामा समेटिनु भएका नेता प्रचण्ड अहिले सुजाताको स्थन उपचारको लागि र संसदहरुको मात्र प्रिय बन्न कत्तिको सुहाउँछ एक पटक गहिरिएर सोच्नुहोस् त ?
के सांसदहरूलाई मात्रै सबै सुबिधा चहिने हो ? के यो देशको जनताले महंगिको मार खेप्न परेको छैन ? के जनता बाँच्नु पर्दैन ? सम्माननिय प्रधानमन्त्री ज्यु तपाईं तीन करोड जनताको प्रधानमन्त्री हो ६०१ सांसदहरूको मात्रै होइन तपाईंले सांसद र सरकारको लागि होइन देश र जनताको लागि सोच्न पर्थ्यो राजनीति त जनताको लागि गर्ने हो सांसद र सांसदिय व्यवस्थाको लागि मात्रै होइन प्रधानमन्त्री ज्यु, कतिपय कमिकम्जोरिलाई करेक्सन गर्दै देश र जनताको उज्ज्वल भबिस्यको लागि मात्र काम गर्नुस् सरकारले गरेको राम्रो कामको सपोर्ट गर्दै जान्छौँ ।
जुन जनताको चाहना विरुद्ध सांसदहरूको तलब भत्ता र सुबिधा बढाउनु भयो यसको घोर भत्सर्ना गर्छु । हामी युवाहरु त्यसमा पनि पूर्व जनमुक्ति सेना जसको अहिले पनि युद्धका बम र बारुद बोकेर हिडेका छौं, हाम्रो उपचार र सम्मानका खातिर के गर्नु भयो आखिर तपाई कसको लागि र किन प्रधान मन्त्रीको कुर्चीमा आसिन हुनुभएको यस विषयमा तपाई अब गम्भिर हुनै पर्छ । नत्र तपाईलाई विगतमा जस्तो पटक पटक माफि हुनै सक्दैन चेतना भया ।लेखक: दिपकिरण क्षेत्रि पूर्व जनमुक्ति सेनामा कार्यरत हुनुहुन्थ्यो ।