NGO/INGO कार्यक्रममा बहिस्कार गर्न निर्देशन

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ८, २०७३

धादिङबेसी मंसिर ८ । नेकपा माओवादी केन्द्र धादिङले कार्यकर्ताहरुलाई  NGO/INGO मा आवद्ध नहुन र जिल्लामा क्रियाशिल रहेका कुनै पनि  NGO/INGO को कार्यक्रममा कार्यकर्तालाई सहभागि नहुन आग्रह गरेको छ ।

मंगलबार जिल्ला विकास समितिको हलमा भएको जिल्ला कमिटीको पूर्ण वैठकमा कार्यकर्ताहरुले  NGO/INGO ले गाउँ-गाउँमा विकासको नाममा जनता ठग्ने, राजनीति गर्ने गरेको व्यापक कुरा उठाए पछि नेताहरुले  NGO/INGO को कार्यक्रममा नजान र उनीहरुको गलत कामको भण्डाफोर गर्न निर्देशन दिएका थिए ।

बैठक पछि माओवादी केन्द्र धादिङको फेसबुक पेजमा जनताको नाम बेची भिख मागेर ल्याउने र आफ्नो पार्टी बनाउन, कार्यकर्तालाई जागीर खुवाउन, विलासी जीवन यापन गर्न, भ्रष्टाचार गर्न र प्रतिस्पर्धि पार्टीलाई समाप्त पार्न धादिङका NGO/INGO हरु सक्रिय रहेको ने क पा माओवादी केन्द्र धादिङ ले जनाएको छ । साथै उक्त पार्टीले आफ्ना कर्याकर्ताहरुलाइ यी गतिविधिहरुको भन्डाफोर गर्नुकासाथै NGO/INGO को कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन गरेको लेखेको छ ।

NGO/INGO प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त पेजमा पार्टीले आफ्ना कर्याकर्ताहरुलाइ यी गतिविधिहरुको भन्डाफोर गर्नुकासाथै कुनै पनि कार्यक्रममा सहभागी नहुन भन्दै उनीहरुको डटेर भण्डाफोर गर्ने समेत समेत पोष्ट गरेको छ । उक्त पेसजमा पोष्ट भएको उक्त भनाईलाई माओवादी केन्द्र धादिङका जिल्ला संयोजक विजय बुर्लाकोटी लगाएतले लाईक सकेत गरेका छन् ।