मेहनत गरे पैसा टाढा छैन दैनिक १० हजार कमाउँछु

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ७, २०७३

शुक तामाङ,
धादिङबेसी मंसिर ७ । मेहनत गरे पैसा खोज्न कतै जानु पर्दैन, आफ्नै अगाडी पैसा छरिएर रहेका छन् मात्र जम्मा गर्ने कला चाहिन्छ यो भनाईलाई पुष्टि गर्छ, भारतबाट धादिङबेसीमा आएर पैसा कमाउने सिपलाई हेर्दा प्रयाप्त हुन्छ ।

१५ दिन भयो दिप रौनियार धादिङबेसी आएका उनी पुराना काम नलाग्ने भाडाँलाई पगालेर फेरी पुन प्रयोग गर्न मिल्ने भाँडा, मुर्ति बनाउने काम गर्दछन् । उनले पुराना भाँडा ल्याउने र मच्छा अनुसारको भाँडा मुर्ति बनाई दिन्छन् र त्यसबापत ज्याला लिने गर्दछन् ।

उनीलाई उनको श्रीमतीले पुराना भाँडा पगाल्न सहयोग गर्दछिन्, बिहान उज्योलो भए देखि बेलुका अध्यारो नहुँदा सम्म कामको चाप छ, हामी टोल टोलमा पुगेर यो काम गरि रहेका छौ, काम अनुसार ज्याला लिन्छौ सामान्य एउटा मुर्ति बनाएको १ सय ५० देखि ठुलो कराई बनाएको ८ सय ज्याला लिने गरेका छौ रौनियार बताउनँ छन् ।

सरदर दैनिक १० हजार सम्म कमाई हुनेगरेको बताउने उनी अझै धादिङबेसी आसपास केहि दिन रहने र त्यसपछि अन्यत्र जाने सोचमा छन् ।

पुराना थोत्रा काम नलाग्ने भाँडा फेरि प्रयोगमा ल्याउन सकिने हुँदा यो पेसा अहिले सम्म सन्तोस जनक भएको बताउँदै उनी पैसाको लागि पढेको छु रोज गार छैन, अनपढ छु के गर्न सक्छु र भनेर हिनताबोधले गरि खान सकिदैन मेहनत हो महनत र परिश्रमले नजिक छरिएर रहेका पैसाहरु संकलन गर्न सकिन्छ । पेसा सबै सम्मान जनक हुन्छ यो र त्यो राम्रो काम भन्ने हुँदैन कामको सबैले सम्मान गर्ने सोचको बिकास हुन आवश्यक रहेको समेत ति भरतिय ररौनियार बताउँछन् ।