लामागुरु मावि आइतबार देखि ठप्प, परिक्षा समेत स्थगित

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ६, २०७३

गंगालाल गुरुङ धादिङ मंसिर ६-

lama-guru

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १ जुगेधारामा रहेको लामागुरु माध्यामिक विद्यालय आइतवार देखि ठप्प रहेको छ । विद्यालयमा अध्यापन गराई रहनु भएका  विज्ञान विषयका शिक्षक रुपक पाण्डेको राजिनामा शिक्षकहरुले एकलौटी निर्णय मार्फत स्वीकृति गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले आइतवारदेखि विरोध स्वरुप  ताला लगाएपछि पठन पाठन कार्य प्रभावित बनेका हुन ।
लामा गुरु माविमा विज्ञान विषय अध्यापन गराइनु भएका शिक्षक पाण्डेले आज भन्दा ५ दिन अगाडि नै राजिनामा दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिलाई समेत थाहा नदिई विद्यालय शिक्षकरुसँग मात्र सल्लाह गरेर पाण्डेको राजिनामा स्वीकृत गरेको भन्दै विद्यार्थीहरु विरोधमा उत्रिएका हुन ।तर शिक्षकहरुले भने उहाँको राजिनामा स्वीकृत नगरेका बताइएको छ ।
विद्यालयमा राजिनामा स्वीकृति गर्नु पूर्व अर्को शिक्षकको व्यवस्था नगरिकनै राजिनाम स्वीकृत गरेर पढाइमा अप्ठयारो पारेको भन्दै आन्दोलनमा उत्रनु परेको विद्यार्थीहरुले बताए छन । माग सम्बोधन नहुने बेला सम्म ताला नखोलिने विद्यार्थीहरुले अडान लिएका छन ।
दोस्रो त्रैमासिक परिक्षा आइतवार देखि शुरु हुने भने पनि विद्यालयमा उत्पन्न विवादको कारण स्थगित हुन पुगेको छ ।
यसैबिच विद्यालयमा उत्पन्न विवाद समाधानको लागि अहिले विद्यालय व्यवस्थापन समितिका सदस्य र शिक्षकहरुको बैठक बसिरहेको छ ।