खै ? आवस निर्माणको पहिलो किस्ता

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ६, २०७३

धादिङ मंसिर ६ । सरकारले भुकम्प पिडितको लागि आवास निर्माणको लागि पहिलो किस्ताको रकम वितरण गरेको भएपनि प्रभाव कारिता बन्न सकेको देखि दैन । धादिङका कयौ गाविसका पिडितहरुले अहिले समेत पहिलो किस्ताको रु ५० हजार पाउन सकेका छैनन् ।

कानुनी प्रक्रिया पुराभएको तर बैकमा लट लट गरेर प्रधिकरणले नामावली पठाउने हुनाले नाम प्राप्त हुन बाँकी रहेका पिडितहरुले रकम नपाएको वैकका कर्मचारीहरु बताउँछन् ।

४ लट गरेर वितरण गर्ने हो अहिले पहिलो लटमै छौ अब ३ लट सम्ममा सबै ले पहिलो किस्ताको रकम पाईसक्ने बैकका कर्मचारीहरु बताउँछन् ।

भुकम्प गएको डेढ बर्ष बितिसक्दा उत्तरी धादिङको सेर्तुङ गाविसमा आवास पुन निमार्ण हुन नसक्दा भुकम्प पिडितहरु अझै अन्योलमा परेका छन् ।

सरकारले पूननिमार्णका लागी भनेर दिएको पहिलो किस्ता पाएपनि स्थानिय बासिन्दाहरु अझै भूकम्प प्रतिरोधात्मक घर कसरी बनाउने भन्ने चिन्ताले अन्यौलमा परेका हुन् । यसैगरी भुकम्प पिडितहरु अझै पनि भुकम्पको बेलामा निर्माण गरेको टहरामा दिनचर्या बिताउन बाध्य भएका छन् ।

सरकारले पहिलो किस्ता दिएता पनि घर निमार्णका लागी अझै पनि डर्कमि र सिकर्मीका लागी तालिम नपाएको र सरकारले १६ किसिमको नक्सा सार्वजनिक पनि सरकारले निकालेको घरको नक्सा कास्तो छ भन्ने आफुहरुले नदेखेका भूकम्प पिडित बताउछन् ।