पोखरामा सडक मापदण्ड मिचेर बनेका संरचना हटाउन डोजर चल्यो

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ४, २०७३

पोखरा  मंसिर ४-

dojar-pokhara

सडक मापदण्ड मिचेर बनाइएका संरचना हटाउने काम पोखरामा तिब्र पारिएको छ । शुक्रवार विजयपुरबाट सुरु भएको अभियान अन्तर्गत शनिवार चाउथे क्षेत्रमा रहेका संरचना हटाइएको हो ।

पोखरा उपमहानगरपालिकाले डोजर लगाएर ग्यारेजमा थन्किएका गाडी समेत तह लगाएको छ । अतिक्रमण गरी बनाइएका संरचना र सडक मापदण्ड भित्र राखिएका सामाग्री हटाउने काम जारी रहने उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले जानकारी दिए ।

dojar-pokhara-1

सडक किनारमा मापदण्ड मिचेर बनाइएका घर टहराको साथै गाडीका ग्यारेज समेत भत्काइएको छ ।अभियान अन्तर्गत दोस्रो चरणमा पोखराका अन्य स्थानमा मापदण्ड विपरित निर्माण भएका घरटहरा र सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्तीमा डोजर लगाउने ढुंगानाले बताए ।

dojar-pokhara-2

तस्बिर साभार :फेसबुकबाट