कार दुर्घटना परी मृत्यु हुनेको सनाखत

Avatar photo
Dhadingpost
मंसिर ४, २०७३

धादिङ मंसिर ४-

bhim-fedi

मकवानुपरको भीमफेदी–२ जुरीखेतमा आज बिहान भएको कार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ।

कारमा सवार पाँच जनामध्ये काठमाडौँका ५० वर्षीय सरद वैद्य र ४० वर्षीया अनुजा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इप्रका भीमफेदीले जनाएको छ। मृतकहरु दाजु बहिनी रहेको बताइएको छ।

दुर्घटनामा परी घाइते भएका पिपलसार–२ नुवाकोटका कार चालक ३७ वर्षीय दीपक भुजेल, काठमाडौँ ज्याठा–३० का ४८ वर्षीय दीपक श्रेष्ठ र उनका १० वर्षीया छोरी आरजलाई उपचारका लागि चुरेहिल अस्पताल हेटौँडा लगिएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ च ९२८९ नं कार दुर्घटनामा परेको हो । रासस