धादिङ मंसिर ३-
नेपाली बजारमा एप्पलको आइफोन सेभेन र सेभेन प्लस भित्रिएको छ ।आइफोन सेभेन र सेभेन प्लस पाँच रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
आइफोन सेभेनको स्थानीय बजार मूल्य ९१ हजार रुपैयाँदेखि १ लाख १९ हजार ५ सय रुपैयाँ र सेभेन प्लसको १ लाख ८ हजारदेखि १ लाख ३६ हजार ५ सय रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
एप्पलका लागि नेपालको अधिकृत विक्रेता जनेरेसन नेक्स्ट कम्युनिकेसनले यी सेट नेपाली बजारमा भित्र्याएको हो ।