दिउँसो सडक बत्ती निभाइदिन प्राधिकरणको आग्रह

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ३, २०७३

धादिङ मंसिर ३ –

day-light

काठमाडौं उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ ।

प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरी दिउँसो सडक बत्ती त्यत्तिकै बालेर राख्नु जायज नभएकाले निभाएर सहयोग गर्न आग्रह गरेको हो ।

बेलुकाको समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गरेको प्राधिकरणले सबैको साथ र सहयोगमा मात्रै विद्युत्भार कटौतीलाई अन्त्य गर्न सकिने जनाएको छ । बेलुकाको समयमा पानी तान्ने पम्प, हिटर, वासिङ मेसिन र गिजर नचलाउन यसअघि नै सार्वजनिक सूचनामार्फत आम नागरिकमा आग्रह गरेको थियो । रासस