राति १२ बजेदेखि NTC मोबाइल सेवा अवरूद्ध हुन सक्ने

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ३, २०७३

धादिङ मंसिर ३-

ntc-bhawan

आज राति १२ बजेदेखि नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए सेवामा अवरोध आउनसक्ने टेलिकमले जनाएको छ।

जीएसएम पोष्टपेड मोबाइल सेवालाई ‘कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टम’मा लान (सिफ्टिङ गर्न) नेपाल टेलिकमले प्राविधिक कामहरु गर्नुपर्ने भएकाले सेवा अवरूद्ध हुने बताएको हो।

पोष्टपेड मोबाइलको भूक्तानी प्रणालीलाई परिमार्जन गर्न लागिएको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। ‘शुक्रबारको राति १२ बजेपछि भन्नाले शनिबारको शुरूबाट शनिबार बिहान ३–४ बजेसम्ममा उक्त प्राविधक काम सक्ने टेलिकमको योजना छ। यसबीचमा सेवा अवरुद्ध हुन्छ नै भन्ने त छैन। तर, अवरुद्ध हुन पनि सक्ने भएकोले हामीले उपभोक्तालाई पूर्व सचेत गराएका हौं।’

टेलिकमले यसअघि नै उक्त सेवामा समस्या आउन सक्ने भएकाले उपभोक्तामा पूर्वसूचनासमेत जारी गरेको छ।

telecome-suchana