धादिङबेसीकै झोलुङ्गेपुल जिर्ण, सरोकारवाला मौन

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ३, २०७३

सरगम राना,
धादिङबेसी मंसिर ३ । दैनिक सयौ मानिसले सदरमुकाम आवत जावत गर्न प्रयोग गर्ने धादिङ सदरमुकाम स्थित थोप्पल खोलामाथि रहेको झोलुङ्गेपुल जिर्ण बनेको छ ।

सदरमुकाम धादिङवेसीको बीच बजारबाट ७ सय मिटरको दुरीमा रहेको थोप्पल खोलामाथिको झोलुङ्गे पुलको नट वल्टु फुत्कीएर खसेपछि जोखिम बढेको हो ।

धादिङ जिल्लाका दैनिक १० गाउँविकास समितिका मानिसहरुको सदरमुकाम प्रवेष गर्ने मुख्य पुल जिर्ण हुँदा दुर्घटनाको त्रास बढि रहँदा पनि सरोकार वालाहरुको ध्यान गहिरहेको छैन ।

नीलकण्ठ नगरपालिका र धादिङबेसी बजार जोड्ने यो झोलुङ्गे पुल लामो समय देखी जिर्ण बनेका कारण दैनिक सदरमुकाम आवत जावत गर्नेहरुलाई समस्या भएको हो । निर्माण भएको लामो समय हुँदा पनि मर्मत सम्भार र रेखदेख नहुँदा पुलका डण्डीहरु खियाले खाएर भाच्चिन थालेका छन् भने नट बल्टुहरु खसेका कारण एकदुइ जनामात्र हिड्दा पनि हल्लने हुँदा विसस गरी विद्यालय आउने साना साना बाल बच्चालाई समस्या हुने गरेको अभिभावक हरु बताउछन् ।

चालीस वर्ष पुरानो पुलहरुलाई बेला बेलामा मर्मत गर्नु पर्ने र त्यको संरक्षणको जिम्मा सम्बन्धित् गाँउ विकास समिती र नगरपालीकाको भएपनि ति निकायहरुले चासो नदिदा समस्या भएको छ ।

जिर्ण पुलहरु मर्मत गर्नका लागी सम्वन्धीत निकायलाइ पटक पटक आग्रह गर्दा समेत व्यवास्था गरेको स्थानियहरुको आरोप छ ।

धादिङको विशेष गरी थोपल खोला र अरुण खोलाको विभिन्न स्थानमा रहेका पुलहरु जिर्ण बनेका छन् भने धादिङका अन्य स्थानमा भएको झोलुङ्गे पुलहरुको अवस्था पनि उस्तै छ ।