टेलिकमका मोबाइल सेवा शुक्रबार रातिदेखि प्रभावित हुने

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २, २०७३

धादिङ मंसिर २-

ntc-bhawan

नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए सेवा शुक्रबार रातिदेखि शनिबारसम्म प्रभावित हुने भएका छन् । आफ्नो जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको हो ।

टेलिकमले  एक सूचना जारी गर्दै शुक्रबार रातिदेखि वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए सेवामा भ्वाइस कल, एसएमएस, डाटा, रिचार्ज र वाइम्याक्स सेवा अवरुद्ध हुने जनाएको छ । यसैगरी शनिबार टेलिकमका ग्राहक सेवा केन्द्रसहित कार्ड एक्टिभेसन, रिचार्ज लगायत सबै सेवा बन्द हुने छ ।

telecome-suchana