विद्यालय भवन निर्माण गर्दै सर्भिस फर पिस

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २, २०७३

बद्री अधिकारी,
धादिङबेसी  मंसिर २ । सर्भिस फर पिस नेपालले धादिङको चैनपुर गाउँ विकास समिति वडा नं. ३ स्थित परोपकार आधारभूत विद्यालयको तीनकोठे भवनको निर्माणकार्य सूरु गरेको छ ।

निर्माण सुरु गरिएको उक्त भवनको सििर्भस फर पीस नेपालका केन्द्रिय महासचिव सरोज खनालको विशेष उपस्थिति तथा कोरियाबाट आएका भोलेन्टियरहरुले उक्त विद्यालयमा एक समारोहका विच निर्माणाधिन भवनको स्थलगत निरिक्षण समेत गरेको छ । २०७२ को विनासकारी भूकम्पले पूर्ण क्षति बनाएको उक्त विद्यालयको भवनको पुननिर्माणको कार्य सम्पन्न गर्नका लागि करिब २० लाख रुपैयाँ बराबर खर्च हुने अनुमान गरिएको छ ।

केही समय अघिदेखी निर्माण सुरु गरेको उक्त विद्यालयको स्थलगत अवलोकनका क्रममा चैनपुर पुग्नुभएका सर्भिस फर पिस नेपालका केन्द्रिय महासचिव सरोज खनालले विद्यालयको भौतिक पूर्वाधार, विद्यालयको भवनभित्र रहेका फर्निचरका सामान, रंगरोगन व्यवस्थापन जस्ता कार्यआफूहरुले गर्दै आईरहेको र विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि आगामी माघ महिनादेखी थप कोरियन स्वयम्सेवक मार्फत विभिन्न कार्यक्रम संचालन गरिने बताउनुभयो । उहाँले साच्चै समुन्नत समाज निर्माण गर्ने हो भने स्थानीय स्तरमा रहेका समाज नै जुर्मुराउनुपर्ने उल्लेख गर्नभयो ।

उहाँले सबै जसो समयमा बाहिरबाट मात्रै मान्छे आएर काम गर्दा दिर्घका्लीन नहुने उल्लेख गर्नुभयो । स्थानीय अभिभावकहरुले दिर्घकालीन फाईदा हेरेर एकजुट भइ काम गर्नुपर्ने उहाँको राय थियो । सर्भिस फर पिस नेपालले आगामी वर्षदेखी खानेपानी र जिविकोपार्जन सम्बन्धि कार्यत्रमm संचालन गर्नेगरी तयारी गरिरहेको कार्यक्रममा जानकारी गराइएको थियो । उता परोपकार आधारभूत विद्यालयका प्रधानाध्यापक चिरञ्जिवी दनैले विद्यालयको आर्थिक अवस्था निकै कमजोर रहेकोले विद्यालयको कम्पाउड निर्माण तथा बालमैत्री शिक्षाका लागि आवश्यक विविध सहयोग गर्न सर्भिस फर पिस सग आग्रह गर्नुभएको थियो ।

सर्भिस फर पिस नेपालले यस अघि पनि जिल्लाका विभिन्न विद्यालयहरु निर्माणकार्य सम्पन्न गरी विद्यालय तथा समूदायलाई हस्तान्तरण गरिसकेको छ ।