धादिङ मंसिर १-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालयको संयुक्त बैठक आज बस्दैछ । पार्टी एकताका प्रक्रियाबारे निर्णय गर्न बैठक बस्न लागेको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए
मंगलबार बसेको राप्रपा र राप्रपा नेपालको संयुक्त पदाधिकारी बैठकमा पार्टी एकताको सहमति भएको छ । साथै दुबै पार्टीका अध्यक्ष राणा र थापाले यही मंसिर ६ गते एकताको घोषणा गर्नेसहित तीनबुँदे संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् ।