धादिङ कात्तिक ३०-
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १३ मधुवनमा रहेको पञ्चकन्या माध्यामिक विद्यालयमा नवनिर्मित ८ कोठे पक्की भवनको मंगलवार एक कार्यक्रम गरि उदघाटन तथा हस्तान्त्रण गरिएको छ ।
नवनिर्मित भवनको उदघाटन नेपाल सरकारका शान्ति तथा पुर्ननिर्माण मन्त्री सिता देवी यादवले गरेका थिए । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भूकम्पबाट क्षति भएको विद्यालयहरु पुर्ननिर्माणमा भएको ढिलाई प्रति चिन्ता व्यक्त गरेका थिए । भूकम्पबाट क्षति भएको विद्यालयको भौतिक संरचना निर्माणको लागि अब सरकारले चाँडो भन्दा चाडो काम थाल्नु पर्नेमा जोड दिएका थिए ।
भवन उदघाटनको लागि आज धादिङ आइपुग्नु भएका मन्त्री यादवले पञ्चकन्या माविलाई आफ्नो सरकारको पालामा वालमैत्री बनाउन र विद्यालयलाई आवश्यक पर्ने भौतिक संरचना निर्माणको लागि सहयोग गरिने प्रतिवद्धता व्यक्त गरेका छन ।
गत वर्ष वैशाखमा गएको विनाशकारी भूकम्पले विद्यालयको भवनहरु पूर्ण रुपमा क्षचि भएको थियो । कोरियाली संस्था चाइल्ड फन्ड र द प्रमिक्स संस्थाको संयुक्त लगानीमा निर्माण गरिएको भवन भूकम्प प्रतिरोधक रहेको बताइएको छ । उक्त भवन पर्यावरण संरक्षण मञ्च इपिएस नेपालले निर्माण गरेको थियो भने भवन निर्माणको लागि १ करोडको लगानी रहेको विद्यालयका प्रधानाध्यापक विकेन्द्र गुरुङले जानकारी दिनुभयो ।
विद्यालयमा नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरु खुशि भएका छन । संस्थाले ग्रामिण क्षेत्रमा भूकम्पबाट क्षति भएको विद्यालय निर्माण र विद्यार्थीहरुलाई शिक्षाको लागि आवश्यक पर्ने शैक्षिक सामाग्री प्रदान गर्दै आई रहेको छ ।
विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष लाल बहादुर गुरुङकोसभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सभापती रमेश धमला ,सासंद दिलमान पाख्रीन, लगायत जिल्लामा क्रियाशिल विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।