धादिङ कात्तिक २९-
व्यवस्थापिका–संसद्को बैठक आज बस्दै छ ।आज बिहान ११ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रस्तावका विषयमा छलफल हुनेछ ।
महाभियोग प्रस्तावबारे कात्तिक ९ मा पहिलो छलफल भएको थियो ।एमाले र माओवादी केन्द्रका एक सय ५७ सांसदले लगाएको महाभियोग प्रस्तावबारे संसदमा छलफलले निरन्तरता पाउन लागेको हो ।