धादिङ कात्तिक २९-
पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर उपचारका लागि ५० लाख दिने सरकारी निर्णयको तीब्र विरोध भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेतृ कोइरालाको स्वास्थ्य उपचारका लागि ५० लाख दिने निर्णय गरेको थियो। कोइराला आइतबार नै स्तन क्यान्सको उपचारका लागि सिंगापुर प्रस्थान गरेकी छन्। कोइरालालाई उपचारका लागि आर्थिक सहायता प्रदान गर्न कांग्रेसका शीर्ष नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक दबाव दिँदै आएका थिए। कोइरालाले सरकारसँग उपचारका लागि एक करोड रुपैयाँ मागेकी थिइन्।
सोसल मिडियामा कोइरालालाई आर्थिक सहायता दिने निर्णयको विरोधमात्र भएको छैन, निर्णयबारे अनभिज्ञता प्रकट गर्ने स्वास्थ्यमन्त्री गगन थापाको पनि आलोचना भएको छ। सरकारको निर्णयमा आफू सहमत नभएको भन्दै गृहमन्त्री विमलेन्द्र निधितर्फ औँला देखाएपछि सोसल मिडियामा मन्त्री थापाको आलोचना भएको हो।
‘मैले आज विशिष्ट व्यक्तिलाई १५ लाख भन्दा बढी उपचार खर्च नदिने प्रस्ताव राखेको थिएँ’, थापाले भनेका छन्, ‘गृहमन्त्रीको प्रस्ताव बैठकले पारित गरेछ।’ कांग्रेस भातृसंगठन तरुण दलको महाधिवेशनका लागि मन्त्री थापा पोखरामा छन्। सरकारी निर्णयमा आफू सहमत नरहेको भन्दै उनी तर्किएपछि कि त सरकारको निर्णयको पक्षमा उभिन वा नैतिकताका आधारमा राजीनामा दिन सोसल मिडियामा उनलाई सुझाव दिइएको छ।
सोसल मिडियामा आएका केही प्रतिक्रियाः
गगन थापा मन्त्रिमण्डलको बैठकमा थिएनन् रे। यही सरकारको मन्त्रीको हैसियतमा यो निर्णयमा @thapagk को सहमति छैन? छैन भने छैन भनेर राजीनामा दिनुस् — Ananta Koirala (@anantabrt)
अस्ति सम्म दश लाख सम्म सरकारी खर्च दिने निर्णय गरेका गगन थापा आज सुजातालाई पचास लाख दिने निर्णय गरेछन,ठुलो कुरा गरेछन।।। — तिम्रो सूर्य 💘💘💘 (@poudelsurya123)
तुलसि गिरीलार्इ उपचार खर्च राेकेकाे नाैटङ्की देखाउने गगन थापा कहाँ छन् ? रामवरण र सुजातालार्इ पैसा बाँड्दा कताकाे प्रभुले राेक्न दिएन ? — Bharat Dahal (@brtdhl)
गगन थापा जि सगं अलि कती नैतिकता भन्ने जिनिस छ भन्ने तत्काल राजीनामा दिनु उपयुुक्त हुन्छ,अन्याथा पानी माथी ओभानो बन्न नखोज्नुस!! — भट्टराई बा® (@SJBbaa)
विचरा गगन थापा । सुजातालाइ ५० लाख उपचारखर्च दिएकाेमा कुनै ग्लानी भएन ? अव पनि कुनै चुरीफुरी छ की उपचार खर्चमा मनाेमानी राेकिन्छ भनेर ? — Matrika Dahal (@Dahalmatrika)
वाह ! गगन थापा वाह ! उनले तुलसी गिरीको उपचार खर्च रोकेर मरेको बाघको जुङ्गामात्र उखेलेका रहेछन्।ज्यूँदा बाघसँग त उनी थरथर काँम्दा रहेछन्। — महाचोर (@Mahaachor)
सुजाता कोइराला ५० लाख गलत, केपी ओलीलाई १८ करोड महागलत! जनताको लागि राजनीति हो भने तिम्रा घरजग्गा बेच, राज्यकोष फिर्ता गर! — फरक कोण (@Bali_Hang)
मन्त्रिपरिषद ले सुजाता कोइराला लाई स्वास्थ्य उपचारमा सहयोग दिएछ। केही पहिले यहि सरकारले अरु नेतालाई सहयोग नदिने भन्यो। तिनलाई अन्याय भएन र? — Bishodip (@bishodip)
सुजाता कोइराला मात्र देशको इज्जत रे त्यसो भए के नेपाली अरु चेली देशका नोकर हुन त? हनुमानजी,,,, बाच्नु मात्र पर्छ के के सुन्न पाइन्छ ! — Pratima (@lu_piku)
तर सबैको मत एउटै छैन। सोसल मिडियामा सुजाता कोइरालाप्रति सहानुभूति साटो आक्रोश देखेपछि वद्रीविनोद खनाल लेख्छन्- स्तन क्यान्सरले पिडित सुजाता कोइराला प्रति सहानुभूति खोइ ? उनले स्थापना गरेको लोकतन्त्रमा उनकै हक हुन्छ भन्नेकुरा विर्सेर किन खेदो गरिन्छ? — Badri Binod Khanal (@badribinod)
कतिपयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य पनि गरेका छन्। धेरै प्रश्न गर्छन् भनेर होला प्रचण्डले १ करोड मागेकी सुजातालाई ५० लाख दिएछन् । मैले ५० लाख त जोगाएँ नि भनेर भाषण गर्न बेर छैन — yangesh (@yangesh30)
कर्णालीका जनता मर्दा परिवारलाई २० केजी चामल, सुजातालाई क्यान्सर लाग्दा ५० लाख नगद । मै लाजैले भुतुक्क भएँ मान्यवर । — Acharya Pramod (@acharyapramod)
कतिपयले भने स्वास्थ्य मन्त्री गगन थापाको फोटो हालेर ट्रोल समेत बनाएका छन्।
Rolf:-😂😂 हेल्लो, बिमलेन्द्र दाई ? जनतालाई गफ हानिहालेँ…म बैठकमा आँउदिन.. सुजता दिदीलाई ५० लाख हल्ला नगरी दिनु है …जय राम जि की । pic.twitter.com/2fEqNwfZp7 — जंगी निशान (@Janginishaan)
source: thahakhabar.com