धादिङ कात्तिक २८-
धादिङमा अवैध रुपमा काठ चोरी निकासी गर्दै आईरहेका एक व्यक्तीलाई जिल्ला वन कार्यालय धादिङले शनिवार फक्राउ गरेका छन । जिल्ला वन कार्यालय धादिङका कार्यालय सहायक वन अधिकृत क्षेत्र विक्रम खाँडको नेतृत्वको टोलीले अवैध काठसहित रामबहादुर थापालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय धादिङका वन प्रमुख इमानाथ पौडेलले जानकारी दिए ।
शनिबार विहान ९ बजे १९२ क्युफिट काठ सहित उनलाई वन कार्यालयले नियन्त्रणमा लिएको हो । पक्राउ परेका थापा जिल्ला सदरमुकाम धादिङबेशीमा फर्निचर उद्योग सञ्चालन गरेर बसेका थिए ।
वन ऐन अनुसार काठको मुल्य भन्दा दोब्बर जरिवाना र एक वर्ष कैद हुनसक्ने बताइएको छ।
यसअघिका वर्षहरुमा काठ तस्करी, जंगल अतिक्रमण जस्ता घटनाहरु भएपनि वन कार्यालयले कुनै चासो देखाएको थिएन तर, धादिङमा वन प्रमुखमा इमानाथ पौडेल नियुक्त भएर आएपछि भने वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएको भवन भत्काउने देखि काठ चोरी नियन्त्रण गर्ने कार्य द्रुत गतिमा अघि बढेको छ ।
बरामद भएको काठको मुल्य एक लाख ५६ हजार मुल्यको रहेको वन कार्यालयले जनाएको छ ।