धादिङ कात्तिक २८-
वरिष्ठता मिचेर त्रिभुवन विश्वविद्यालयले चिकित्शा शास्त्र अध्ययन संस्थान महाराजगञ्जमा डिन नियुक्त गरेको भन्दै डा। गोविन्द केसी आजदेखि फेरी अनसनमा बसेका छन् ।
डिन नियुक्तिमा चलखेल गरेको भन्दै डा। केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियालाई तत्काल बर्खास्त गरी शैक्षिक अपराधमा कारबाही गर्न पनि माग गरेका छन् ।
चिकित्सा शिक्षामा सुधार लगायतका माग उठाउँदै पटक–पटक अनसन बस्दै आएका डा। केसीको यो दशौं अनसन हो । आइतबार अपरान्ह त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी डा। केसीले त्रिविले वरिष्ठता मिचेर डा केशवप्रसाद सिंहलाई डिन बनाएको भन्दै तत्काल सच्याउन माग गरे । एक बर्षदेखि खाली रहेको आइओएमको डिनमा त्रिविले डा। सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो । डा। केसीले ब्यक्तिको कुरा नभएको भन्दै प्रणाली बसाल्नुपर्ने बताए ।