नेत्रविक्रम चन्द विप्लव माओवादीले आह्वान गरेको बन्दको कारण धादिङ ठप्प

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २८, २०७३

धादिङ कात्तिक २८-

d-1

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको कारण आज धादिङको जनजीवन प्रभावित भएको छ । बन्दको सदरमुकाम धादिङबेशी लगायत पृथ्वीराजमार्गमा पनि असर परेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाममा रहेको पसल तथा बिहानी सत्रमा सञ्चालित कलेजहरु पनि बन्द रहेका छन ।

d2

बन्दको बेलामा हुन सक्ने अप्रिय घटनालाई मध्य नजर गर्दै सदरमुकाम धादिङबेशीको विभिन्न चोकचोकमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । आज धादिङबाट सञ्चालनमा आउने लामो तथा छोटो दुरीमा सञ्चालित सवारी साधन पनि ठप्प रहेको छ ।

d3
धादिङबेशीबाट काठमाण्डौ , नारायगढ , पोखरा तथा ग्रामीण भेगमा चल्ने सवारी साधन चल्न नसकेको बताईएको छ । त्यस्तै काठमाण्डौ , पोखरा , नारायगढबाट धादिङबेशीका लागि छुटने सवारी साधन पनि आज सञ्चालनमा आउन सकेको छैन ।
त्यस्तै सधै सवारीको चाप रहने पृथ्वीराज मार्गमा पनि सवारी साधन कम मात्रामा चलेको प्रहरीले जनाएको छ । अहिले राजमार्गमा पर्यटक बोकेको बस , एम्बुलेन्स , पानी तथा दुधको गाडि र फाटफुट रुपमा अन्य केहि सवारी साधन मात्र सञ्चालनमा आएका छन । बन्दको मारमा परेका विद्यार्थीहरु अहिले सडकमा निस्किएर क्रिकेट तथा ब्याडमिन्टन खेलिरहेका छन । बन्दको कारण गन्तव्यमा निस्किएका सर्वसाधरण पैदल हिडन वाध्य भएका छन ।

d4
यसक्रममा बाटो बन्द गराउँदै हिड्ने काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले विहानै ५० भन्दा बढिलाई पक्राउ गरेका छन ।

d5