नेपाल टेलिकमले पनि ल्यायो नयाँ सुविधा, अब कल गर्दा प्रतिमिनेट ७० पैशा मात्र लाग्ने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २८, २०७३

धादिङ कार्तिक २८-

nt-logo

नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।

यो सुविधा एक्टिभ गर्नका लागि FNFSUB*MDN लेखेर १४१५ मा एसएमएस गर्नुपर्छ । यहाँ MDN को मतलव नेपाल टेलिकमको नेटवर्क भित्रको नम्बर भन्ने हो । एक पटक एसएमएस पठाउँदा एउटामात्रै नम्बर एड गर्न सकिनेछ । अन्य नम्बरहरुका लागि पुन: अर्को एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।

  • सुविधा लिनका लागि FNFSUB*984####### (आफूले चाहेको एनटिसी नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।
  • नम्बर परिवर्तन गर्न FNFMOD*984#######* (पूरानो नम्बर) 984####### (चाहेको नयाँ नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।
  • लिस्टमा रहेको नम्बर डिलिट गर्नका लागि FNFDEL*984####### लेखेर १४१५ मा SMS गर्ने ।
  • कुन-कुन नम्बर लिस्टमा छ भन्ने हेर्नका लागि FNFINQ लेखेर १४१५ मा SMS गर्ने ।

जीएसएम पोस्टपेडमा भने यो सुविधा पहिलेदेखि नै रहँदै आएको थियो । पहिले तीनवटामात्रै नम्बरमात्रै एड गर्न मिल्ने गरेकोमा अब ५ वटा नम्बरमा नै यो सुविधा प्राप्त हुने टेलिकमले जनाएको छ ।

ntc