पोखरा कात्तिक २७-
नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन आजदेखि पोखरामा सुरू हुँदैछ ।महाधिवेशनमा ७३ जिल्लाका एक हजार ४०० प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।आज पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकमा आज ¥याली सहित बिहान ११ बजे नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । आज उदघाटन कार्यक्रममा नेपाली काग्रेसका प्रमुख नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतले पनि कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भोली कात्तिक २८ गते पोखरा सभागृहमा बन्द शुरु हुनेछ । बन्द सत्रपछि कात्तिक २९ गते निर्वाचनका कार्यक्रम गरिने तरुण दल कास्कीले जनाएको छ ।महाधिवेशनमा भाग लिन सबै प्रतिनिधि पोखरा आइसकेका छ । महाधिवेशन सम्पन्न गर्न २२ उपसमिति पनि गठन गरिएको छ।
उदघाटन सत्रमा १० हजार कार्यकर्ता पोखरा उतार्ने तरुण दलले दाबी गरेका छन । महाधिवेशन सम्पन्न गर्न ५० लाख लाग्ने अनुमान गरिएको छ ।