प्राधिकरणका प्रमुख घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २६, २०७३

धादिङ कार्तिक २६-

kulman_ghising

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् । प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

एकपक्षीय समाचार प्रेषित गर्ने, कार्यालयमा अनावश्यक मानिसको जमघट गराई काममा बाधा पुर्‍याउने र विभागीय कारबाही गर्ने धम्की दिँदै कर्मचारीहरुको मनोबल गिराउने कार्यमा लागेको घिसिङमाथि आरोप लगाइएको छ ।

विद्युत प्राधिकरणका क्रियाकलापहरु विधिवत तवरमा अगाडि बढाउन बारम्बार व्यवस्थापनलाई ध्यानाकर्षण गराउँदा पनि त्यसको उल्लंघन गरिएकाले यस्तो चेतावनी दिन बाध्य भएको विज्ञप्तीमा उल्लेख छ ।

पटक-पटक लिखित तथा मौखिक रुपमा समस्या समाधान गर्न आग्रह गर्दा पनि संस्थाका प्रमुख आफै गैह्रजिम्मेवार भएर टे्रड युनियनका अध्यक्ष तथा पदाधिकारीलाई उल्टै गिरफ्तार गराएको कर्मचारीहरुको अरोप छ ।

press-relese