अमृत तामाङ
धादिङ कात्तिक २६-
धादिङको सदरमुकाम नजिकै रहेको थोपल खोलामा आज एकाविहानै एक वृद्धको शव फेला परेको छ । उक्त शव धादिङ साङकोष ७ मधुवनका करिव ६५ वर्षीय भेगवहादुर गुरुङको रहेको प्रहरीले जनाएको छ । हिजो बेलुका करिव ७ बजेतिर मधुवनबाट धादिङ आउने गाडिमा आएको गुरुङको शव आज विहान थोपलमा भेटिएको हो ।
उनको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । आज धादिङबेशी आउनु पर्ने बुढो मान्छे हिडन सकिन्न भनेर हिजो साँझ नै धादिङबेशी आउने गाडिमा पठाएको मतकको आफन्तले बताएका छन । भूकम्पपीडितको लागि प्राप्त पहिलो किस्ताको पचास हजार रुपैयाँ बुझ्न भनि गुरुङ धादिङबेशी आएका थिए ।
स्थानीयले बताए अनुसार गाडि चालक धादिङ ढोलाको रहेको र हाल चालक फरार रहेका छन । उनको खोजीकार्य भईरहेको छ भने मृतकको शव अहिले जिल्ला अस्पताल धादिङमा राखिएको छ ।
तस्विर :अमृत तामाङ उर्गेनको फेसबुकबाट