पोखरा कात्तिक२५ –
पोखराको पृथ्बीचोक स्थित हङकङ बजारमा भिषण लागलागी हुदा २९ भन्दा बढी सटर जलेर लष्ट भएका छन् । करोडौको क्षती भएको छ ।
बुधवार राती झण्डै साढे १० बजेबाट सुरु भएको आगलागी राती साढे १२ बजेपछि नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना ,पोखरा उपमहानगरपालिकाको दमकल र स्थानियवासी जुटेका थिए ।
आगलागीको कारण खुल्ल नसकेपनि बिद्युत सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी नाउब उपरिक्षक गजुसिद्धी बज्राचार्यले क्षतीको एकिन विवरण आउन वाँकी रहेको बताए । हङकङ बजार स्थित सहारा क्लब तर्फका अधिकांश सटर जलेका छन् ।
सस्तो बजारको रुपमा चिनिने हङकङ बजार तरकारी, फलफुल, तत्ताकपडा, अन्य घरायसी सामान लगायतका सबै सामानहरु पाइने स्थल हो ।