धादिङ कात्तिक २४-
सरकारले बिहीबार किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिने निर्णय गरेको छ। कात्तिक २५ गते फाल्गुनन्द जयन्ती परेको हुनाले सरकारले किराँत धर्मावलम्बी सरकारी कर्मचारीलाई विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव बालकृष्ण पन्थीले जानकारी दिए।
उनले यसअघि भोलि सार्वजनिक विदा भनेर मन्त्रालयको लेटर प्याडमा अाएको विज्ञप्ती नक्कली भएको बताए।