म त खुशीले उफ्रिए जब म्याद गुज्रिएको दुई दिन पछि स्थानीय पुनर्संरचना आयोगले सुझाव केन्द्रमा पठाइयो । संघीयताको पक्षधर भएर विगतदेखि वकालत गर्दै आएको मेरो लागि अलि अघिको प्रस्ताव समेतमा पनि खुशी नै थिए ।
यसरी प्रस्तावको खाका आउनु स्वागत योग्य हो ।स्वभाविक रूपमा आफ्नो जन्मथलो के होला कसो होला भन्ने विषयमा सरोकार रहने नै भयो । मेरो आॅखा पनि सूचनाको दोस्रो यानकी प्रस्तावित खनिया वास गाउपालिकामा पर्यो । सरसर्ती हेरे ।
दायॉ बायॉ सत्यदेवी र झार्लाङ पारेर दार्खा पनि मिसिएछ । विशेषतः प्रचलन र चाहना अनुसार सत्यदेवी र झार्लाङसॅग मिसिन पाउदा दार्खाले आर्थिक, सामाजिक र राजनीतिकरूपमा फाइदा नै पाइन्छ । अघिल्लो प्रस्तावमा झै सेम्जोङ समेत लिएको भए हालको दार्खा किनारामा पर्थ्यो त्यो पनि दुर्गमको । भलै राजनीतिक दलहरूको माग बमोजिम लचिलो बनेछ समिति ।
एलडियो साप हालको दार्खा ३, कुरी कता पर्छ ? वा खनियावास गाउॅपालिकाको केन्द्र कता पर्छ , देखाइदिनु हुन्छ की ?जब केन्द्र हेरे तब हालको दार्खा ३, कुरा लेखिएको थियो । यो लेखाइ केही होइन अनडरस्ड्यान्डिङ हो । तर हालको दार्खा ३ र कुरी अलग अलग स्थान र स्थान नाम हुन् । जिविस धादिङमा यति धेरै विज्ञ विद्वानहरू आसिन छन्, सरकारी रासन पानी खाने गरी । त्यत्रा विद्वान जागिरेहरूले मिहिनेत गरि केलाएकै होला ।
मेरो जानकारी अनुसार अहिलेको निर्णयमा सोही कार्यलयको प्रमुखको हैसियतले एलडियो सापको पनि महत्वपूर्ण सहभागिता रहेको छ । जब गाउॅपालिकाको केन्द्र तोक्ने ठाउको वडा वा ठाउ रहेको वडा नै थाहा छैन भने योजना के बनाए होलान् ?
अहिले सम्मको अविकासको कारण यी यावत विषयमा प्रश्न उठाउनेकी नउठाउने । यति महत्वपूर्ण विषयलाई ख्यालखेलाची ठानेको किन नभन्ने ?संकुचितताको आरोप लाग्लान् म माथि ।
तर स्पष्ट नपारी गोलमटोल निर्णय भएको छ । पहिचानका यावत आवाज उठिरहेको बेला सत्यदेवी दार्खा र झार्लाङमा कैयौ ऐतिहासिक स्थान र वस्तुहरू छन् । अध्ययन र अनुभव बिना नक्सा हेरिएको आधारमा मात्र तोकिएको गापा र नपाहरूले भोलिको समुन्नत प्रदेशको जग बसाल्न सकिएला ?
अन्तमा एलडियो साप हालको दार्खा ३, कुरी कता पर्छ ? वा खनियावास गाउॅपालिकाको केन्द्र कता पर्छ , देखाइदिनु हुन्छ की ?
धादिङ कात्तिक २३