तामाङहरुको पहिचान र मैदीलाई यसरी भयो अन्याय

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २३, २०७३

धादिङबेसी कात्तिक २३ । धादिङका स्थानिय राजनीतिक दलहरुले ५ दिन सम्म रस्सा कस्सी वैठक गरेर १३ गाउँ पालिका बनाउने निर्णय गरेका छन् ।

दलको ५ दिन रस्सा कस्सी वैठक विशेषत नीलकण्ठ नगर पालिकामा पुरै ज्यामरुङ, खाल्टे र धुवाँकोट थप्ने कि नथप्ने, उत्तरी क्षेत्रलाई तामाङहरुको पहिचान झल्कने नाम राख्ने कि नराख्ने, सलाङ मैदी र खरीलाई ट्क्र्याउने कि न टुक्राउने भन्ने विषय नै महत्वपूर्ण रुपमा उठाए ।

आआफ्नै अडानमा रहेका दलहरु अन्ततः खाल्टे र धुवाकोट नीलकण्ठमा थप्ने माओवादी केन्द्रको निर्णय मान्न तयार भए भने, उता उत्तरी क्षेत्रका लापा तिप्लिङ र सेर्तुङ गाउँ पालिकाको नाम काँग्रेसले सिफारिस गरेको रुवीभ्यालीले वैधानिकता पायो । यो क्षेत्रलाई माओवादी केन्द्र र एमालेले तामाङहरुको पहिचान झल्कने गरि लप्साङकर्पो (नेपालीमा गणेश हिमाल) राख्ने अन्तिम सम्म दावी गरेका थिए ।

त्यस्तै चैनपुरका केहि भुभाग र ज्यामरुङको केहि भुभाग सल्यानटार तिर गाभ्ने माओवादी केन्द्र र नेपाली काग्रेसका नेताहरुको मागलाई एमालेले ठाडै अस्वीकार गरे पछि चैनपुरलाई खरी मैदी ढोला मिलाएर एउटा गाउँ पालिका बनाउने सहमतिमा एमाले पुगेको थियो ।

यसअघि एमाले सलाङ नलाङ मैदीलाई एउटा गाउँ पालिका बनाउने अडान लिएको थियो तर चैनपूर नटुक्र्याउने सर्तमा दलहरु एउटा अमिल्दो गाउँ पालिका बनाउन पुगे जहा मैदी ढोला खरी र चैनपुरको मिलाएर गाउँ पालिका बनाए । काँग्रेस र माओवादी केन्द्र यो गाउँ पलिकाको केन्द्र कहाँ राख्ने लचिलो थिए भने सबै गाउँ पालिका को तुलनामा यो गाउँपालिका भित्र रहेका जनतालाई स्थानिय पुनर संरचनाले थप सास्ती दिएको छ । यी गाविससा केन्द्र साँधभञ्झ्याङ कायम गरिने पक्का भएपछि एमाले धादिङका पुराना नेता राप्रसाद अधिकारी वैठक नै छाडी बाहिरिएका थिए ।

मैदीका एमाले नेता रामप्रसाद अधिकारी र चैनपुरका गुरु बुर्लाकोटी, खेमलोहनी बीच केन्द्र कहाँ राख्ने भन्ने विवाद भएपछि एमालेका कृष्ण अर्याको मध्यस्तता गर्ने प्रयासले पनि पुर्णता पाएन । अन्ततः अधिकारीले वैठक छोडेर हिडेपछि गुरु र खेमले गरेको साँधभञ्झ्याङ केन्द्रलाई अन्य दलहरुले पनि सहमति जनाएका थिए ।

मैदी ढोला खरी र चैनपूरलाई एउटा गाँउ पालिका बनाउने हाम्रो प्रस्ताव हैन माओवादी र काँग्रेस मिलेर एमाले नेताहरुलाई नै मनमुटाव हुने गरि फसाएको हाम्रा नेताहरुले नबुझेर यस्तो भएको एक एमाले नेताले हामीलाई बताए ।