धादिङ १३ गाउँ पालिका हुने (कुन गाविस कता)

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २२, २०७३

धादिङ कात्तिक २१ । धादिङका राजनीतिक दलहरुले जिल्लालाई १३ गाउँ पालिका बनाउने गरि स्थानिय पुनःसंरचाना गर्ने निर्णय गरेका छन् ।

कार्तिक ८ गते पहिलो वैठक बसेका जिल्ला स्थित दलहरुले कातिक १८ गते देखि पुन वैठक बसी स्थानिय पुनर संरचनाका विषयमा छलफल जारी राख्दै आज नगर पालिका सहितको १३ गाउँ पालिकाको सिमा निर्धारण समेत गरेका हुन् ।

पुनर संरचनाको लागि भौगोलिक सामिप्यता र आवागमनको सुगमता र विकास, वसोवास, प्रशासनिक पहुँच, व्यापारिक , व्यवसायिक सुगमता, प्राकृतिक श्रोतहरुको प्रयोगमा सरलता ,वसोवास तथा जनसंख्याको सन्तुलन, जनताको आयस्तर, ऐतिहासिक तथा भौगोलिक विशिष्ठताको समेत आधारमा स्थानीय पुनर संरचना गर्न नसकिएको तर दलिय सहमतिमा पुग्नै पर्नै वाध्यताले सिमा निर्धारणमा कहि कति नमिलेको दलका नेताहरुले स्वीकारेका छन् ।

यस्तो छ १३ गाउँ पालिकाको सिमा निर्धाण