धादिङ कात्तिक २२-
अघि बिहान उदाउँदो सूर्यलाई अर्घ् दिएसँगै यो वर्षको छठ सम्पन्न भएको छ। आज बिहानैदेखि छठघाटमा पुगेका ब्व्रतालुहरु सूर्य उदाएपछि अर्घ दिएर घर फर्किएका छन्। कात्तिक१९ गतेदेखि शुरु भएको छठ पर्व हिजो आइतबार षष्ठीको दिन निराहार र निर्जला बसेका व्रतालुहरु साँझपख जलासय वा नदीको किनारमा छठी माताको पूजाआजा गरी पश्चिमतर्फ फर्केर अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।
छठपर्वको अवसरमा नदी, पोखरी र जलासय तीन दिनदेखि दुलहिदै सिंगारिएका थिए। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्धेश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा नदी तथा तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।
यो पर्व गर्नाले पुत्रप्राप्ति र छालारोग निको हुनेगरेको मान्यता समेत रहेको छ । छठपर्वको अवसरमा सरकारले आईतवार सार्वजनिक विदा दिएको थियो ।