चोखो मायाँ पाइदैन बोली के गर्नु र ।
मनको कुरा तिम्रो सामु खोली के गर्नु र ।।
पराइको मान्छे तिमी, पराइ कै हुन्छौं ।
तिमी टाढा भएपछि, भोली के गर्नु र ।।
बोल्दा बोल्दै तिमी सँग मायाँ बस्यो भने ।
यो मुटुमा बेर्थ मायाँ बोकी के गर्नु र ।।
खुसी हुन सक्दिन म झुटो मायाँ पाईदैमा ।
भरे पछि रीती जाने झोली के गर्नु र ।।
आफ्नै सम्झी चोखो मायाँ दिदा ।
बदलामा आफुनै मुटु पोली के गर्नु र ।।
सविता पौडेल
नलाङ, अर्चले, धादिङ