धादिङ कार्तिक २०-
पत्रकार सञ्जय न्यौपानेको उपचारका क्रममा निधन भएको छ । न्यौपाने कारोबार दैनिकका एवं आर्थिक पूर्व सम्पादक हुन् ।उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व उपाध्यक्ष पनि हुन् ।
स्नायुप्रणालीसम्बन्धी रोगका कारण झण्डै एक बर्षदेखि उपचार गराइरहेका न्यौपानेको शनिवार साँझ ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनिने स्नायु प्रणालीसम्बन्धी रोग लागेपछि उनी बिगत एक बर्षदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका थिए ।
उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेका बेला बिजया दशमीको दिन एक्कासी बेहोस भएर ढलेका थिए । त्यसपछि पुनः मेदान्त लगिएका न्यौपानेलाई अस्पतालले नेपालमा उपचार गराउनु भन्दै फिर्ता गरिदिएको थियो ।