धादिङबेसीमा कखरा देखाईयो, हेरेपछि प्याब्सन सचिवको प्रतिक्रिया

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २०, २०७३

धादिङबेसी कात्तिक २० । सत्य तथ्य र अनुसन्धानमा आधारित बर्णनात्मक डकुमेन्ट्री कखरा आज बिहान धादिङबेसीमा देखाईएको छ ।

‘विद्यार्थीलाई डर र त्रासले होइन मायाँ गरेर पढाऔं, दण्डहीन शिक्षा अभियान हामी सबैले अगाडी बढाऔं,’ भन्ने नाराका साथ निमार्ण भएको कखरा धादिङबेसी स्थित फिल्म हलमा देखाईएको हो ।

फिल्महलमा शिक्षक विद्यार्थी र अभिभावक सँगै मिलेर कखरा हेरेका प्याब्सन धादिङका सचिव एवम् एड्भान्स एकेडेमी धादिङबेसीका प्रिन्सिपल गोविन्द बुढाथोकीले कखरा एउटा जिवन्त डकुमेन्ट्री भएको बताउनु भएको छ ।

काठमाडौ र पोखरामा यस्ता घटना घटेका थिए । डकुमेन्ट्रीले काठमाडौको घटनालाई सकेटेको छ यो डकुमेन्ट्र विद्यार्थीले भन्दा शिक्षक र अभिभावकले जस्तो सुकै समयको अभाव भएपनि हेर्नै पर्ने प्रिन्सिपल बुढाथोकीले बताउनु भयो ।

उहाँले यो डकुमेन्ट्री मनोरन्जका लागि नभएर विद्यार्थीलाई अध्यापन गराउने तरिका बाल मानो विज्ञानका विषयमा अनु सन्धान गर्न वाध्यपर्ने विषय वस्तुहरु पस्किएकोले सबै शिक्षकहरुले अनिवार्य कखरा हेरी दिनुहुन समेत आग्रह गर्नुभएको छ ।

एक्स्ट्रा एङ्गल गर्बु फिल्मस्ले गरिव, अपाङ्ग र शिक्षाबाट बञ्चित बालबालिकाका हितका लागि निमार्ण गरेको कखराको लागि घटना टिपोट बिनोद लामा, लेखन डिकेश लामा र निर्माता सुर्य गुरुङले गरेका हुन् ।