सुक तामाङ,
धादिङबेसी कात्तिक १९ । धादिङबेसी स्थित रायटारमा लापाका राज संगित प्रेमी गोम्जाको ‘चुपालोगी सोन्गम ल्होछार’ म्यूजिक भिडियो सुटिङ भएको छ ।
धादिङ लापा नीवासी गोम्जा र धादिङ बसेरी निवासी सिता लामाको स्वर रहेको तामाङ भाषाको गित ‘चुपालोगी सोन्गम ल्होछार’ म्यूजिक भिडियो बनाउने तयारी स्वरुप आज रायटारमा छायाँङ्कन गरिएको हो ।
यस म्यूजिक भिडियोमा गायक राज संगित प्रेमी गोम्जा आफैले मोडलिङ गर्दै गरेका छन् । धादिङका विशेष ठाउँहरुमा छाँयाकन गरिने यस भिडियोमा सहायक मोडसिलङमा सिता लामा बसेरी, लिपि तामाङ दार्खा, शान्ति तामाङ लापा, मसोल तामाङ दार्खा, दिल तामाङ लापाले गर्ने छन् ।
ल्होछार केन्द्रित यस तामाङ भाषाको गित मायाँ पिरतको कथा विषय वस्तुहरु समेटिएको छ । यस भिडियोको निर्देशन सन्दिप सेम्चेनले गरेका छन् भने नृत्य निर्देबन सृष्टी थोकरले गर्नु भएको छ । आशा नेपालीले मेकप, र फिलेमोन तामाङ, इसु तामाङले लाईटिङमा सघाएका छन् ।
यो महिनाभर बजार ल्याउने गरि छायाँङ्कन गरिएको यस म्यूजिक भिडियो तामाङ समुदायले रुचाउने विश्वास गरिएको संगित प्रेमी गोम्जा धादिङ पोष्टलाई बताउनु भयो ।