धादिङ, कात्तिक १९ –
धादिङको जीवनपुर–५ दमाहामा बिहीबार ट्रिपर पल्टिदाँ एक जनाको ज्यान गएको छ ।कोल्पुखोलाबाट बालुवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको को १ ख ८०५५ नम्बरको ट्रिपर पल्टिदाँ चालक राजु बलामीको ज्यान गएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । बलामी नुवाकोट ओखरपौवाका हुन् ।
राजमार्ग क्षेत्रमा विग्रियको सडक र चालकको लापर्वाहीले दुर्घटना दिनानु दिन बढ्दै गउको स्थानियहरु बताउ छन् । सडक दुर्घटना न्यूनिकरणका लालि प्रहरीले विभिन्न उपायहरु अबलम्बन गरे पनि राजमार्गमा दुर्घटनामा कमि आएको भने देखिदैन ।
source:ujyaaloonline