भारतीय राष्ट्रपतिको पोखरा भ्रमण : दुई घण्टा होटलमा, एक घण्टा कार्यक्रम

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १९, २०७३

पोखरा  कात्तिक १९-

mukharj-in-nepal

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकिय भ्रमणका क्रममा शुक्रवार तीन घण्टाको लागि पोखरा आउदैछन् । शुक्रवार विहान काठमाडौंबाट जनकपुर हुदै दिउसो झण्डै पौने १ बजे पोखरा आइपुग्ने कार्यतालिका छ ।

उनी बुद्ध एयरको विमान मार्फत पोखरा आउने कार्यतालिका छ । विमानस्थलमा अबतरण भएलगतै दिवा भोजको लागि विरौटा स्थित होटल पोखरा ग्राण्डमा जानेछन् । मुखर्जी होटलमा झण्डै दुई घण्टा बस्नेछन् । त्यसपछि दिउसो पौने तीन बजे पोखरा १० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुन जानेछन् ।

पेन्सन क्याम्पमा एक घण्टाको कार्यक्रम तय भएको छ । सो कार्यक्रममा झण्डै १० हजार भूतपूर्व भारतीय गोर्खा सैनिक सहभागी हुने अनुमान छ । मुखर्जीले कार्यक्रमलाई सम्बोधन गर्नुको साथै स्थानिय विभिन्न जातजातीको सास्कृतिक नृत्य समेत अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रम सम्पन्न गरी मुखर्जी सिधै पोखरा विमानस्थल जाने र काठमाडौंको लागि प्रस्थान गर्ने कार्यसूचि छ । उनी सोहि दिन साझ पाँच बजे भारतीय वायुसेनाको विशेष विमान मार्फत दिल्ली फर्किने कार्यतालिका छ ।