जनकपुर र पोखरा जाँदै मुखर्जी

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १९, २०७३

धादिङ कात्तिक १९-

mukharj-in-nepal

आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी  जनकपुर र पोखरा भ्रमणमा जाँदै छन् ।

स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दन  र  जानकी मन्दिरमा पुजाअर्चर्ना गरि ५५ मिनेटको कार्यक्रम सहभागी हुने कार्यक्रम रहेको छ ।

मुखर्जीले प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष पुजा गर्ने कार्यक्रम रहेकाले मन्दिरको सरसफाइ गरी जानकी मन्दिरलाई विशेष रुपमा सिंगारिएको छ ।

जनकपुरको कार्यक्रम सकेर मुखर्जी आजै पोखरा जाँदै छन् ।  उनले पोखरामा तीन घन्टा विताउने छन् । राष्ट्रपति मुखर्जी जनकपुुरबाट बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा अपराहृन पौने १ बजे उत्रँदै छन् ।

पोखराको कार्यक्रम सकेर मुखर्जी ४ बजे काठमाडौं हुँदै भारत र्फकनेछन् ।

मुखर्जीले पोखरा बिरौटास्थित होटेल पोखरा ग्रान्डमा केहीबेर आराम गर्ने कार्यतालिका छ । मुखर्जीले पोखरा-१० रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा रहेका भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्नेछन् ।