सरगम राना,
धादिङ कात्तिक १९ ।
शुभ दिपावली २०७३ सालको पावन अवसरमा दैसी भैलो कार्यक्रम सञ्चालन भइरहेको छ । आफ्नो रिती, आप्नो साँस्कृती संरक्षण गरौं, सम्मान गरौं भन्ने मुल नाराका साथ नेपाल मगर सघं धादिङले देउसी भैलो गरेको छ ।
मगर संघ जिल्ला कार्य समिति धादिङको आयोजना तथा लाङघाली बहुउदेशिय सहकारी सस्था तथा नेपाल मगर साँस्कृतिक सघंको सह आयोजनामा धादिङबेसी सदरमुकाम आसपासमा दैसी भैलो कार्यक्रमको सञ्चालन गरिएको हो ।
दैसी भैलो कार्यक्रम नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको गोवर्धन पूजाको दिन १५ गते रामकोटको मिरमिरे डाँडादेखि सुरुवात गरिएको थियो ।
एक हजार भन्द बढी दक्षिना दिनेहरुलाई खादा ओढाएर सम्मान गरिएको छ । दैसी भैलो कार्यक्रममा नेपाल मगर सघं जिल्ला कार्य समिति धादिङको अध्यक्ष तथा केन्द्रिय सदस्य एकु थापा मगर, नेपाल मगर सघं जिल्ला कार्य समिति धादिङको सदस्य तथा दैसी भैलो कार्यक्रम व्यवस्थापक इश्वर थापा मगर, आदीवासी जनजाती मगर सघंको पूर्व अध्यक्ष हरि शकंर गिदेल मगर, नेपाल मगर साँस्कृतिक सघंको अध्यक्ष खेम राना, नेपाल मगर सघंको केन्द्रिय सदस्य जिल्ला कार्य समिति धादिङको पूर्व सदस्य हरि पाटा मगर लगायत स्थानिय मगर कलाकारहरुको उपस्थिति रहेको छ ।
दैसी भैलो कार्यक्रमबाट अहिले सम्म ८३ हजार रकम सकंलन भइृसकेको छ भने एकादशीको अघिल्लो दिन सम्मा दैसी भैलो कार्यक्रम सञ्चांलन बताईएको छ ।