इलाका तय गर्न बसेको बैठक एमालेका कारण टुङ्गिएन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १९, २०७३

 

धादिङ कात्तिक १९ – जिल्ला विकास समिति धादिङको वैठक कक्षमा बिहिबार दिनभर जिल्लाका दलहरु स्थानिय पुर्नसंरचनाको विषयमा बैठक बसे ।

दिनभरको छलफलमा सत्तासिन पार्टी नेपाली काँग्रेस र माओवादी केन्द्र धादिङ जिल्लालाई १२ वटा इलाकामा केन्द्रित गर्ने सहमतिमा पुगे भने नेकपा एमाले धादिङले भने १३ इलाकामा अडान राखेका कारण सहमती जुट्न सकेन ।

स्थानिय पुर्नसंरचनाको विषयमा बिहिबार सहमति जुट्न नसके पछि आज बिहान ८ बजे पुन बैठक बस्ने भएको माओवादी केन्द्र धादिङका सह इन्चार्ज रामबहादुर भण्डारीले धादिङपोष्टलाई बताउनु भयो ।

स्थानिय पुर्नसंरचानको विषयमा आज टुङ्गो लाग्ने बताउदै भण्डारीले दलहरुले सहमती गर्नै पर्छ आज सहमति हुनेमा आफु विश्वस्त रहेको समेत भण्डारीले बताउनु भयो । उहाँले दलहरु गाविस टुक्रयाउने पक्षमा छैनन्, मात्र इलाका बनाउँदा नगरपालिकाको सिमाङ्कनका विषयमा सामान्य मतभेद छन् यो आज हलहुने समेत बताउनु भयो ।