धादिङ कात्तिक १८ । धादिङको नीलकण्ठ, सुनौलाबजार र खाल्टेबाट नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गरि २० जना भन्दा बढी आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज धादिङबेसी स्थित नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयमा गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुले एमाले र काँग्रेस पार्टी छाडेको घोषणा गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई स्वागत गर्दै माओवादी केन्द्र धादिङका सह इन्चार्ज रामबहादुर भण्डारीले पार्टीको नीति सिद्धान्तमा प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नु भएको थियो । उहाँले माओवादी कार्यकर्ताहरु फलामे पेचकिला हुन आग्रह गर्दै पार्टी संचालनका क्रममा आईपर्ने घुम्ती मोडहरुमा निराशा र कुण्ठा हटाएर पार्टी आन्दोलनमा होमिन समेत नव प्रवेशीहरुलाई भण्डारीले आग्रह गर्नु भएको थियो ।
एमाले काँग्रेस परित्याग गर्नेहरुमा कुम्पुर ७ का कृष्णबहादुर बयलकोटी र रेशम बयलकोटी, सुनौलाबजार ७ का शिव नेपाली, कुम्पुर ८ का रेशम बयलकोटी, शिव कोईराला र किशोर कोईराला रहेका छन । त्यस्तै नीलकण्ठ ७ का विष्णु रोक्का लगायत २० जना भन्दा बढी माओवादी केन्द्रमा आवद्ध भएका हुन ।
पार्टी प्रवेश कार्यक्रम माओवादी केन्द्रका जिल्ला सदस्य करिमान तामाङले संचालन गर्नुभएको थियो ।