खाल्टेको पञ्चेबाजाले पोखरा ततायो

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १८, २०७३

धादिङ कात्तिक १८-

dhading-pokhara-samaj
यस वर्षको तिहारमा धादिङको खाल्टेबाट पञ्चेवाजा सहित आएका युवाहरुले पोखराको बजार तताएका छन । पोखराको मुख्य बजारमा तीन दिनसम्म बिहानैदेखि बेलुका १० बजेसम्म निरन्तर रुपमा पञ्चेवाजा घन्किरहे । कात्तिकमा नै पञ्चेबाजा बजेको सुन्दा सडकमा माईत हिडेका र सरसामान किन्न निस्केका मानिसहरु तीन छक खाए । तर पछि बुझ्दै जाँदा यथार्थ थाहा पाएपछि खुलेरै दान दिएका थिए ।
धादिङ पोखरा सम्पर्क समाजले यसवर्ष आयोजना गरेको देउसी भैलो पोखराका लागि अनौठो र पृथक बन्न पुगेका थिए । धादिङ खाल्टेका बाहुन समुदायका युवाहरु यो साल देउसीमा वाजा बजाउन पोखरा आएका थिए । धादिङ पोखरा सम्पर्क समाजले आयोजना गरेको सो देउसी भैलोबाट नौ लाख रुपैया भन्दा बढि रकम संकलन गरेका छन । समाजले एम्वुलेन्स सञ्चालनको लागि खेलिएको देउसी भैलोबाट उक्त रकम संकलन भएपछि अबको केहि महिना भित्रमा नै एम्बुलेन्स सञ्चालनमा ल्याउन समाजले जनाएको छ ।
हालसालै मात्र निर्वाचित समाजका अध्यक्ष युवराज खतिवडा र निवर्तमान कार्य समितिका सदस्य गुञ्जमान तामाङले जनही एक एक लाख रुपैया देउसी भैलोमा सहयोग गरेका थिए ।
धादिङबाट पोखरा आई विभिन्न पेशा व्यावसायमा आवद्ध रहनु भएकाहरुको संस्थाले धादिङवासिहरुको हकहितका लागि रचनात्मक कार्यहरु गर्दै आएका छन ।
वि.स. २०५५ सालमा गठन गरिएको समाजले विभिन्न समयमा रक्तदान,गत वर्ष विनाशकारी भूकम्पपछि धादिङको विभिन्न गाउहरुमा पुगेर राहात वितरणको कार्यहरु समेत गर्दै आएका छन ।
तस्विर धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडाको फेसबुकबाट