मुखर्जीले आज पशुपतिमा विशेष पुजा गर्दै

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १८, २०७३

धादिङ कात्तिक १८-

pranab-mukherjee

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्दै  छ । आज  बिहान ९ बजे पछि उहाँले  पशुपतिमा विशेष पूजा गर्नु हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गर्नुभएपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उहाँको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने छन् ।

आज मुखर्जीले प्रमुख दलका शीर्ष नेताले आज भेटघाट गर्दैछन् । बिहीबार बेलुका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चामा आबद्ध शीर्ष नेताहरुले होटल हयातमा पुगेर मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसपछि कोषकातर्फबाट उहाँलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ । भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लाग्नुभएको हो ।

राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गर्नुभएपछि उहाँको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने पनि कोषले जनाएको छ । विशेष पूजा सकेपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।