विद्युतको चरम लापर्वाही, ज्यानै जान सक्ने खतरा

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १७, २०७३

धादिङबेसी कात्तिक  । विद्युत प्राधिकरण जिल्ला शाखा धादिङको लापर्वाही समाचारहरु मिडियामा नआएका हैनन्, तर पनि वास्ता गर्दैन विद्युत प्राधिकरण धादिङ ।

धादिङमा विद्युत प्राधिकरणको कारण ज्यानै जाने गरिे लापर्वाही विगतमा पनि भएका थुप्रै घटनाहरु छन् । त्यस्ता घटना न्यूनिकरणका लागि कुनै पनि कार्य गरेको देखिदैन प्रधिकरणले ।

नलाङ वर्डा नं. ३ र ८ मा देखिने १६ वटा काठका पोलहरु सबै भाँचिएका छन् । ति सबै पोलहरुलाई गाउँले आफैले टेको लगाई बत्ति बालि रहेका छन् । पटक पटक विद्युतलाई जानकारी गराई सकिएको छ, हामी गाउँलेहरु कयौ पटक विद्युत कार्यालय डेलिकेसन पनि गएका छौ, तर सुन्दै सुन्दैनन् भन्नुहुन्छ नलाङ काम्दीका विष्णु अर्याल । जोखिमका वावजुत बत्ति बलेका छौ, कुनै पोल ढल्यो भने नाङ्गो तार घरको जस्तामाथि खस्ने पनि सम्भावना छ, अहिले सम्म मानविय क्षेति भएको छैन तर पनि आफु बत्ती नबालुम भने गाउँलेहरुलाई समस्या पर्छ अर्यालले भने ।

यस्तै नलाङ मै ग्रामिण विद्युत सहकारी संस्थाले वितरण गरेको विद्युत लाईनमा पनि लापर्वाही हुने गरेको छ । सहकारीले वितरण गरेको विद्युत लाईनमा धेरै जसो नाङ्गा तारहरुले रुखका हाँगाहरु छोएका छन् ।

स्थानियहरुलाई आफ्नै बारीको घाँसका रुखको हाँगा छोएर नाङ्गा तारबाट विद्युत प्रवाह हुँदा हुन सक्ने सम्भाव्य दुर्घटना का विषयमा पनि ज्ञान छैन् । विद्युत वितरण गरी सके पनि निरन्तर अनुगमन गर्नु, अनियमिता र सुधार गर्नु पर्ने कुरामा विद्युत प्राधिकरणले कुनै पनि ध्यान दिन सकेको देखिदैन । नलाङ ६ का स्थानिय शान्तबहादुर सिलवाल आफुनो बारीमा रहेको कुट्मेराले नाङ्गोतार छोएको छ बत्ती गएको बेला काट्ने हो अरुबेता त्यो रुखमा चड्न हुन्न भन्नु हुन्छ ।

त्यस्तै धादिङको पुरानो सदरमुकाम सुनौलाबजारमा रहेको प्रर्यटनको आर्कषण केन्द्र मान्न सकिने भैरवी मन्दिरमा लगिएको विद्युत लाईनलाई हेर्ने हो भने देख्ने जो कोहिलाई पनि अचम्मित पर्छ । भुईका घाँस छोएका छन् नाग्गो तारले, अहिलेम्म मानविए क्षेति नभए पनि जुनकुनै बेला मानविय क्षेति नहोला भन्ने छैन धरप थापेको जस्तो देखिने उक्त विद्युतलाईन एउटा निश्चित मापदण्ड विपरित लगिएको छ ।

विद्युत प्राधिकरण धादिङ चरम लापर्वाहीका उदाहरण हुन् यी, कुनै गाउँमा पोल ढल्दा महिनौ नपुग्ने प्राधिकरण आफ्नो जिम्मेवारी विद्युत लाईन दिने र बलेनी नबलेनी पैसा कमाउने ढङ्गले गैर जिम्मेवार बन्न हुन्न र पाउँदेन पनि । निश्चित माप दण्ड र जोखिमका विषयमा स्थानियहरुलाई अभिमुखि करण गर्नु त कता हो कता, विद्युत अनियमित तवरले वितरण गर्ने, महिनौ विद्युत अवरुद्ध हुँदा पनि ध्यान नदिने र सर्वसाधरणले शुल्क बुझाउन ढिला गर्नासाथ जरीवाना लिने परिपाटीको अन्त्य हुनु पर्लाकी । आमुल परिवर्तनको माग गर्दै आन्दोलनको माध्यमबाट सत्तामा पुगेको माओवादी केन्द्र र प्राधिकरण पनि उसैको कोटामा छ तर धादिङको विद्युत प्राधिकरण हेर्दा सरकार नै छैन कि भन्ने आभास गर्न सकिन्छ ।

विगतमा धादिङको विद्युत प्राधिकरण लक्ष्यित मिडियामा आएका केहि हेडलाईनहरु