भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १७, २०७३

धादिङ  कात्तिक १७-

mukhargi

तीनदिने राजकीय भ्रमणका लागि  भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आइपुगेका छन् ।

भारतीय वायु सेनाको विशेष विमानबाट राष्ट्रपति मुखर्जी काठमाडौंमा आइपुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमै पुगेर भारतीय समकक्षीको स्वागत गरिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरुलगायत सरकारी उच्च अधिकारीहरुले पनि भारतीय राष्ट्रपतिको स्वागत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न भारतीय राष्ट्रपति मुखर्जी शितल निवास जाँदै छन् । उनको सम्मानमा राष्ट्रपति भण्डारीले आज साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

भारतीय राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्ने छन् भने भोलि नै उनलाई काठमाडौं विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय समकक्षी मुखर्जी नेपाल आएका हुन् । उनको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।

१८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए ।