धादिङ कात्तिक १७ । भुम्ली चोक गाउँविकास समिति वडा न. ८ मा चेपाङको घरमा आगलागी भएको छ ।
धादिङ मझिमटारमा रहेको चेपाङ छात्रबारमा कक्षा ९ अध्ययनरत अनिता चेपाङको घर जलेर नस्ट हुँदा करीब ५ लाख बराबरको क्षेति भएको तिलक चेपाङले बताउनु भयो ।
गत राती करीव ३ बजे राती खरको छाना भएको घरमा आगलागी हुँदा घर भित्र रहेको सबै सामान जलेको छ तिलक चेपाङ धादिङपोष्टलाई भन्नु भयो ।
घरका सबै सदस्य टिका लाउन अन्त्यै गएको र घरमा रहेकी अनितले बेलुका मैन बत्ती बालेर छिमेकमा रमाईलो हेर्न गएपछि राती ३ बजे उक्त मैन बत्ती बाट आगलागी भएको बताईएको छ ।