भारतीय राष्ट्रपति आज काठमाडौ आउँदै, सुरक्षा कडा

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १७, २०७३


काठमाडौं कात्तिक १७ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौ आउँदै हुनु हुन्छ ।
भारतिय राष्टपतिको नेपालमा राजकिय भ्रमण हुन लागे पछि नेपाल सरकारर्ले एक सात अघि देखि नै तयारी गरि रहेको थियो ।

आजको सार्वजनिक विदा दिएको विषयले मिडियामा पाएको थियो, यतिबेला तयारी स्वरुप झन्डा तथा तुलहरु काठमाडौको चोक चोकमा राखिएको छ । सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् ।

भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना समेत गर्दै हुनु हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।