तिहारको अन्तिम दिन भोली भाइटिका, उत्तम साईत विहान ११:५२ मा

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १५, २०७३

धादिङ कात्तिक १५-rangga

यो वर्षको तिहार भोली भाइटिका लगाएसँगै सकिने छ । भोली भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

भाइटीका लगाउन साइत हेर्नु नपर्ने भएपनि साइतमै टीका लगाउनेहरुका लागि ११ बजेर ५२ मिनेट जाँदा टीका लगाउनु उपयुक्त हुने समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले जानकारी दिए ।

टिका लगाउदा दिदीबहिनीले पूर्वदिशामा फर्कने र टीकाथाप्ने दाजुभाइ पश्चिम दिशामा फर्केर टीका लगाउनु उत्तम हुने पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

धार्मिक कथन अनुसार यमराज आफ्नो कामलाई थाती राखेर आफ्नो बहिनी यमुनासँग भेटघाटका लागि गएका थिए । सोही समयमा यमुनाले आफ्नो दाजुलाई टिका लगाईदिएको र त्यहि समयबाट भाईटिकाको शुरुवात भएको किवंदन्तीहरुमा भेट्टाउन सकिन्छ ।