धादिङका कलाकारको ठमेलमा देउसी (फोटो सहित)

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १५, २०७३

काठमाडौ कात्तिक १५ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङले काठमाडौमा देउसी भैलो कार्यक्रम गरेको छ।

धादिङ जिल्लाका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको उक्त देउसी भैलो काठमाडौको ठमेलमा खेलिएको थियो ।

विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रममा साथ तिहार संस्कृति झल्किने देउसी भैलो नृत्यको माध्यमबाटखेलेर दान स्वरुप प्राप्त रकम जिल्ला कार्यसमिति धादिङले धादिङ कै ललोक दोहोरी गीत विकार र प्रवद्र्धनका लागि खर्च गरिने प्रतिष्ठानका अध्यक्ष हिमाल घलेले धादिङपोष्टलाई बताउनु भयो ।

देउसी भैलो कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङका सल्लाहाकार संयोजक कुलबहादुर गुरुङ, अञ्चल संयोजक टिकानीधि काप्री लागायत देउसीमा सहभागी सबै कलाकारलाई अध्यक्ष घलेले धन्यवाद दिनु भएको छ ।

देउसीको दृस्य